वासिंगटन, अमेरिकाको वासिंंगटनमा आइतबार एक विमान दुर्घटनाग्रस्त भएको छ । यस दुर्घटनामा परि १ जना व्यक्तिको ज्यान गएको छ । यस दुर्घटनामा परि अन्य ९ जना मानिसहरु हराइरहेको त्यहाँका मिडियाहरुले जनाएका छन । अमेरिकी तटरक्षक बलले यस कुराको पुष्टि गरेको हो । समाचार अनुसार आइतबार दिउसो ट्वीट गरेर अमेरिकी तटरक्षक बलले यो कुराको जानकारी दिएको हो । ट्वीटमा जनाइए अनुसार उक्त विमान सेन जुवान दिपमा रहेको प्रसिद्ध पर्यटन स्थल फ्राईडे हार्वर बाट वासिंगटनका लागी उडेको थियो ।
दुर्घटनाको सूचना आइतबार स्थानीय समय अनुसार ३ बजेर ११ मिनेटमा प्राप्त भएको बताइएको छ । उक्त दुर्घटना सिएटलको उत्तर पश्चिममा लगभग ६४ किलोमिटरको दुरीमा रहेको म्यूटिनी वे मा भएको थियो । तटरक्षकहरुका अनुसार यस दुर्घटनामा एक शव फेला पारिएको छ भने उक्त विमानमा रहेका अन्य ९ जना भने हराईरहेका छन ।
दुर्घटनापछि हराइरहेकाहरुको खोजी कार्यमा उद्धारकर्मी, प्रहरी सहित ४ वटा तटरक्षक जहाज, एक हेलिकप्टर जुटेका छन् । सिएटल टाइम्सको एक समाचार अनुसार उक्त विमान डे हेविल्याण्ड क्यानाडा डीएचसी ३ टर्वाइन ओटर एउटा इन्जिन भएको थियो ।