गृह

ताजा समाचार

ट्रेन्डिङ

खोज

आठौं दिन पनि बढ्यो शेयर बजार, नेप्से परिसूचक २०५० विन्दुमाथि

काठमाडौं, बुधवार नेपाली शेयर बजारमा पुन बृद्दि देखिएको छ । यस दिन नेप्से परिसूचक ४ दशमलव ८९ अंक बढेर २ हजार ५० दशमलव ५९ विन्दुमा पुगेको छ । यो संगै नेप्से परिसूचक लगातार आठौं दिन पनि बढेको हो । बुधबार कारोबारमा आएका २१५ कम्पनीका ४१ लाख ३३ हजार ७०९ कित्ता शेयर १ अर्ब ७३ करोड १८ लाख ३२ हजार भन्दा बढि खरीदविक्री भएको छ ।यस दिन नेप्से परिसूचक बढेता पनि कारोबार रकम भने घटेको छ ।

साताको तेश्रो दिन २ अर्ब २९ करोड बराबरको शेयर खरीदविक्री भएको थियो ।

बुधवार कारोबार भएका २१५ कम्पनीका शेयरमध्ये सबैभन्दा बढी मल्टीपर्पस फाइनान्स कम्पनीको शेयर मूल्य ५ दशमलव ६९ प्रतिशतले वृद्धि भएको छ ।

त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको १६ करोड ४२ लाख बराबरको शेयर खरीदविक्री भएको छ । उक्त कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ३ दशमलव ८७ प्रतिशत वृद्धि भएको छ । त्यसैगरि सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा हिमालयन डिष्टीलरी छ । यस कम्पनीको ७ करोड ३१ लाख बराबरको शेयर किनबेच भएको हो ।

बुधबार कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये ८ समूहको समूहगत परिसूचक बढेको छ भने बाँकी समूहको परिसूचक घटेको छ ।

आफ्नो प्रतिक्रिया साझा गर्नुहोस्

कमेन्ट गर्नुहोस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खबरहरु

अरु समाचारहरु

पात्रो

ताजा अपडेट

लग इन