क्वीटो, इक्वेडरको एउटा कारागारमा दुई विरोधी समूहका बीचमा भएको एक झडपमा परि कम्तिमा १३ जना कैदीबन्दीको मृत्यु भएको छ । उक्त झडपमा परि अन्य दुई जना कैदीहरु घाइते भएको त्यहाँका अधिकारीहरूले जनाएका छन् । सान्तो डोमिंगो सहरको एउटा कारागारमा भएको झडपमा ४४ जना कैदीको मृत्यु भएको दुई महिनापछि त्यहाँ पुनः झडप भएको हो ।
जेलका अधिकारीहरूले भने बेल्लाभिस्टा कारागारलाई पूर्ण रुपमा आफुहरुले नियन्त्रणमा लिएको जनाएका छन् । उक्त कारागार हिंसामा सन् २०२१ को फेब्रुअरीदेखि विभिन्न समयमा झडप भएका थिए । त्यस क्रममा त्यहाँ गोली समेत चलेको छ । यहाँको कारागारमा दुई वटा समूहकाबीच भएका झडपमा परि ४ सयभन्दा बढी कैदीहरु मारिएका छन् ।
इक्वेडरका गृहमन्त्री क्यारिलोले बेलाभिस्टा कारागारमा भएको यो पछिल्लो खतरनाक झडपपछि १३ वटा कैदीका शवहरु फेला पारिएको बताएका छन् । उक्त झडपका क्रममा अझै केही कैदीहरु हराइरहेको बताइएको छ । जसले गर्दा अन्य थप शवहरु फेला पर्नसक्ने जनाइएको छ ।