काठमाडौं, तीज नजिकिएसंगै विभिन्न गायक तथा गायिकाहरु यतिवेला निकै व्यस्त छन् । तीज लक्षित नयाँ नयाँ गीतहरु दिन दिनै जसो सार्वजनिक हुन थालेका छन । यसै क्रममा गायक सन्तु थापाको तीज लक्षित नयाँ गीत ‘साँच्चै राम्री छु र’ सार्वजनिक गरिएको छ ।
भर्खरै सार्वजनिक गरिएको तीज लक्षित गीतलाई गायिका टीका पुन र गायक थापाले आफ्नो स्वर दिएका छन् ।यो गीत गायक थापाको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
यस गीतमा खेम सेन्चुरीले संगीत भरेका छन भने नेत्र अर्यालले शब्द दिएका छन् । यस गीतको म्यूजिक भिडियोलाई नवराज उप्रेतीले छायांकन गरेका हुन् । यो गीतमा नवीन लामा, सन्तोष गुरुङ, पुनम श्रेष्ठ, सदीक्षा थापा लगायतका कलाकारहरुले नृत्य गरेका छन् । यो गीतको म्युजिक भिडियोलाई पदम सुवेदीले संपादन गरेका छन् । गीतको मिलन विश्वकर्माले कलरिङ गरेका हुन् । यो गीतको म्युजिक भिडियोको निर्देशन सन्तोष गुरुङले गरेका छन् ।
गायक सन्तु थापाले नेपाली मौलिक संस्कृतिका साथै टिपिकल नेपाली गीत संगीतलाई विशेष प्राथमिकता दिने गरेको र त्यसकै निरन्तरता स्वरुप ‘साँच्चै राम्री छु र’ बोलको गीत बजारमा ल्याएको बताएका छन् । इनेपाल पोष्ट डटकम थापाको नयाँ गीतको उत्तरोत्तर प्रगतीको कामना गर्दछ ।
गीतको भिडियो हेर्नुहोस ।