गृह

ताजा समाचार

ट्रेन्डिङ

खोज

बर्षाका कारण भारतको महाराष्ट्रमा १०२ को मृत्यु, ९ जिल्लामा रेड अलार्ट

महाराष्ट्र, गुजरात, कर्नाटक, केरल र आसमका कयौं क्षेत्रहरुमा परेको भिषण बर्षाका कारण यहाको अबस्था निकै गम्भिर बनेको भारतीय सञ्चार माध्ययमहरुले जनाएका छन । महाराष्ट्रमा मानसून आएपछि अहिले सम्म १०२ जनाको मृृत्यु भएको छ । उता गुजरातका ९ जिल्लाहरुमा रेड अलार्ट जारी गरिएको छ । राजस्थानको श्रीगंगानगरमा भिषण बर्षापछि राहत तथा उद्दार कार्यका लागी सेना परिचालन गरिएको छ । त्यसैगरि आसाममा २ लाख भन्दा बढि मानिसहरु बाढिको बिचमा फसेको बताइएको छ ।

भारतमा मानसून शुरु भएको ४६ दिन भैसकेको छ । १६जुलाई सम्ममा सामान्य रूपमा २९४.२ मिमी बर्षा हुनु पर्नेमा यो तथ्यांक ३३५.२ मिमी पुगिसकेको छ । सामान्य रुपमा भन्दा यहाँ १४ प्रतिशत धेरै बर्षा भैसकेको छ । यद्यपी, बिहार, पश्चिम बंगाल र झारखंड जस्ता चार जिल्लामा भने अझै पनि सुख्खा जस्तो अबस्था रहेको बताइएको छ । भारतको कुल जनसंख्याको करिब ३८ प्रतिशत मानिसहरु यहि चार राज्यमा बसोबास गर्दछन ।

आफ्नो प्रतिक्रिया साझा गर्नुहोस्

कमेन्ट गर्नुहोस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खबरहरु

अरु समाचारहरु

पात्रो

ताजा अपडेट

लग इन