नयाँ दिल्ली, भारतमा शनिबार भएको १४ औं उपराष्ट्रपति निर्वाचनबाट पश्चिम बंगालका पूर्व गभर्नर जगदीप धनखड भारतको नयाँ उपराष्ट्रपतिमा निर्वाचित भएका छन्।
धनखडले विपक्षी उम्मेदवार मार्गरेट अल्भाविरुद्ध १८२ मतका विरूद्ध ५२८ मत प्राप्त गरि विजयी भएका हुन्। उपराष्ट्रपति मतदानका लागि योग्य रहेका ७८० जना सांसदहरु मध्येबाट ७२५ सांसदले मतदानमा भाग लिएका थिए । यो निर्वाचनमा १५ वटा मत रद्द भएको थियो।
शनिबार नयाँ उपराष्ट्रपतिको निर्वाचनको लागि भएको मतदान बिहान १० बजे सुरु भई ५ बजे समापन भएको थियो। त्यसपछि भएको मतगणनामा जगदिप निर्वाचित भएका हुन् । नयाँ उपराष्ट्रपति धनदीप पश्चिम बंगालको पूर्वगभर्नरसमेत बनिसकेका व्यक्ति हुन । धनखडलाई सत्तारूढ दल भारतीय जनता पार्टीको गठबन्धनले अघि सारेको थियो।
भारतको दुई सदनमा गरि जम्मा ७८८ सिट रहेको छ । जसमा सदनको ८ सिट यतिवेला रिक्त रहेको छ । यो पटकको निर्वाचनमा पहिलेनै घोषणा गरे अनुसार तृणमुल कांग्रेशले सहभागिता जनाएन् । यो पार्टिको साँसद संख्या ३६ रहेको छ ।