गृह

ताजा समाचार

ट्रेन्डिङ

खोज

आगामी निर्वाचनको सुरक्षाका लागि प्रहरीले माग्यो १५ अर्ब ९६ करोड

Temporary police personnel guard the Office of the Chief Returning Officer in Ilam, on Sunday, June 18, 2017. Photo: RSS

काठमाडौं, आगामी मंसिर ४ गते हुन गैरहेको आम निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले १५ अर्ब ९६ करोड रुपैयाँ माग गरेको छ।

मुलुकभर निर्वानको लागी २२ हजार ५३४ मतदान केन्द्रको सुरक्षाका लागि प्रहरीले ७१ हजार ६९३ सुरक्षाकर्मी परिचालन गर्ने जनाएको छ। यसबाहेक थप सुरक्षाका लागि प्रहरीले १ लाख २० हजार म्यादी प्रहरी भर्ना गर्ने जनाएको छ।

निर्वाचन सुरक्षार्थ खटिने प्रहरीको तलब भत्ता, खाना तथा खाजा खर्च र आवश्यक सवारीसाधन खरिद तथा भाडाका लागि आवश्यक बजेट माग गरिएको कुरा नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिनु भएको हो।

अहिले बजेट माग गरिएको मध्ये सबैभन्दा धेरै रकम म्यादी प्रहरीका लागि खर्च हुने जनाइएको छ। निर्वाचन सुरक्षाका लागि ४० दिन भर्ना हुने म्यादी प्रहरीका लागि तलब र आवश्यक सामग्री खरिदका लागि सात अर्ब ९१ करोड रुपियाँ आवश्यक पर्ने जनाइएको छ।

प्रहरीबाट खटिने सुरक्षाकर्मीका लागि नियमित तलब, दैनिक भत्ता, खाना तथा खाजा खर्चका लागि चार अर्ब ९६ करोड रुपियाँ माग गरिएको छ। निर्वाचन सुरक्षामा परिचालन हुने प्रहरीलाई मतदान केन्द्रसम्म पु¥याउन र ल्याउनका लागि १ हजार ३७८ साना सवारीसाधन (पिकअप) सहित ११६ वटा बस भाडामा लिने तयारी भइरहेको जनाइएको छ। निर्वाचन स्थलको सुरक्षा गस्ती तथा उम्मेदवारको सुरक्षार्थ खटिने प्रहरीका लागि १ हजार ५९८ वटा मोटरसाइकल आवश्यक पर्ने जनाइएको छ। निर्वाचन सुरक्षाका लागि तत्काल आवश्यक ६८५ वटा विभिन्न प्रकारका सवारीसाधन तत्काल खरिदका लागि प्रहरी प्रधान कार्यालयले तीन अर्ब ४७ करोड ३५ लाख रुपैयाँ माग गरेको छ।

आफ्नो प्रतिक्रिया साझा गर्नुहोस्

कमेन्ट गर्नुहोस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खबरहरु

अरु समाचारहरु

पात्रो

ताजा अपडेट

लग इन