नैरोबी, बिहिबार भएको पहिलो टि २० खेलमा जित निकालेको नेपाली राष्ट्रिय टोली शुक्रबार निकै आत्मविश्वासका साथमा दोस्रो खेलमा पनि जितको लक्ष्य सहित प्रतिस्पर्धामा उत्रिनै तयारी गर्दैछ । शुक्रबार दिउसो ३ बजेर ४५ मिनेटमा शुरु हुने यो खेलमा नेपाली टोली निकै मेहनतका साथ खेल्ने तयारीमा जुटेको छ । आजको खेल नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा हुनेछ ।
यसअघि बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले पराजित गरेको छ । यसका साथै ५ खेलको श्रृंखलामा १–० को अग्रता कायम गरेको छ । आजको खेलपछि नेपालले केन्याविरुद्ध तेस्रो खेल भाद्र १२ गते खेल्ने भएको छ।
त्यैगरि श्र्रंखलाका अन्य खेलहरु यी दुई टोलीका बीचमा चौथो टी–२० भदौ १३ मा हुनेछ भने अन्तिम टी–२० भाद्र १४ गते हुनेछ।
नेपाली टोलीले केन्यासंग टी–२० श्रृंखलापछि अन्य तीनवटा खेलहरु खेल्ने छ । यी खेलहरु एकदिवसीय हुने कुरा खेल कार्यतालिकामा उल्लेख गरिएको छ।