बेइजिग, चीनको दक्षिणपश्चिम क्षेत्रमा सोमबार एक शक्तिशाली भूकम्प गएको छ । यस भूकम्पमा परी कम्तीमा ५६ जनाको मृत्यु भएको चिनियाँ सञ्चार माध्ययमहरुले जनाएका छन्।
चीनको सिचुवान प्रान्तको काङदिङ शहरबाट करिब ४३ किलोमिटर दक्षिणपूर्वमा १० किलोमिटर गहिराइमा ६.८ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ।
देशको प्रान्तीय राजधानी छेन्दुमा भूकम्पका कारण लाखौं मानिस घरभित्रै थुनिएका छन् भने नजिकैको शहर चोङकिङमा पनि भूकम्पको धक्का महसुस भएको स्थानीय बासिन्दाले एएफपीलाई बताएका छन्। यस भुकम्पमा परि १६ जना मानिसहरु हराईरहेका छन्, उनीहरुको खोजी कार्य जारी रहेको बताइएको छ ।
भूकम्पका कारण पर्वतीय पहिरोका कारण कम्तीमा एक सहरमा ठूलो क्षति पुगेको सीसीटीभीले जनाएको छ। अर्को शहरमा जाने बाटो अवरुद्ध भएको छ मानिसहरू बसोबास गर्ने १०० भन्दा बढी क्षेत्रहरूमा दूरसञ्चार लाइनहरू काटिएको छ। धक्काले गार्जे र याआनका क्षेत्रहरूमा केही पावर स्टेशनहरू पनि अवरूद्ध भएका छन्। सीसीटीभीले प्रसारण गरेको फुटेजमा गार्जेमा क्षतिग्रस्त भवन र ढलेका संरचनाका भग्नावशेष सडक देखिन्छ।
उता चिनियाँ सञ्चार माध्यम सिन्हवाका अनुसार तिव्वतको मोक्सी शहरमा निकै घरहरु भत्किएका छन् । यहाँ मात्र ३७ जना मानिसहरुको ज्यान गएको छ । पचास हजार भन्दा धेरै मानिसहरुलाई सुरक्षित ठाउँमा सारिएको बताइएको छ । उद्धारकर्मीहरु हराईरहेकाहरुको खोजी गरिरहेका छन् ।