काठमाडौं, गत २४ घण्टामा मुलुकभरमा ६ सय २३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारि गरको विवरणमा गत २४ घण्टाको अबधिमा गरिएका ४ हजार ९४५ जनाको परीक्षणबाट थप ६ सय २३ जना संक्रमित भेटिएका हुन्। आज कोरोनाका कारण मृत्यु हुनेको संख्या भने शुन्य रहेको मन्त्रालयले जनाएको छ । यस अबधिमा थप ४ सय ८७ जना भने रोगबाट संक्रमणमुक्त भएको बताइएको छ ।
स्वास्थ मन्त्रालयले जारी गरेको विवरण अनुसार यतिबेला मुलुकभरमा सक्रिय संक्रमितको संख्या भने ५ हजार २४ जना रहेका छन्। सक्रिय संक्रमितहरु मध्ये ६ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । त्यसैगरि यतिबेला ४९ जना आइसियू रहेका छन भने १९० जना संस्थागत आइसोलेशनमा रहेका छन्। मुलुकभरमा ४ हजार ८३४ जना संक्रमित होम आइसोलेशनमा रहेको पनि मन्त्रालयले जनाएको छ ।