काठमाडौं, पछिल्लो समय मुलुकमा कोरोना संक्रमितको संख्या क्रमशः बढिरहेको छ । गत २४ घन्टामा देशभर ७ सय १० जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको विवरण अनुसार २४ घण्टाभित्र गरिएको ५ हजार २५ जनाको परीक्षणमा ७ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
विहिबार २ जना कोरोना संक्रमितको पनि मृत्यु भएको छ । २ सय १५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । यतिवेला मुलुकभरमा ४ हजार २३६ जना सक्रिय संक्रमित रहेको बताइएको छ ।
यसका साथै मुलुकभरमा यतिवेला ३३ जना संक्रमित आइसियूमा छन भने ३ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।