काबुल, अफगानिस्तानमा गत एक महिना देखिको मौसमी बर्षाका कारण आएको भिषण बाढिमा परि कम्तीमा १८२ जना मानिसहरुको मृत्यु भएको छ । यस क्रममा सयौंं मानिसहरु घाइते भएका छन् । संयुक्त राष्ट्रसंघ र सत्तारुढ तालिबानले यो कुराको पुष्टि गरेको छ ।
तालिबानका प्रबक्ता उबीउल्ला मजाहिदले विहिबार बताए अनुसार अचानक अएको बाढीका कारण २५० भन्दा धेरै मानिहरु घाइते भएका छन्, जबकि ३ हजार भन्दा धेरै घरहरु क्षतिग्रस्त भएका छन् । मजाहिदले बताए अनुसार यस घटनामा परि कम्तीमा १८२ जनाको ज्यान गएको छ ।
उता संयुक्त राष्ट्र मानवाधिकार सम्न्वय कार्यालयका अनुसार सबै भन्दा धेरै ६२ जनाको मृत्यु १६ देखि २१ अगस्टको बिचमा भएको छ । ३० जना मानिसहरु अझै हराईरहेका छन् । देशको १३ वटा प्रान्तमा रहेका ८ हजार दुइसय भन्दा धेरै परिबारहरु प्रभावित भएका छन् ।