काबुल, अमेरिकाको केन्द्रीय अनुसन्धान ब्यूरोले चलाएको आतंकवाद विरोधी कारबाही अन्तगर्त अफगानिस्तानमा अल कायदाका प्रमुख मारिएका छन् । अमेरिकाले मानव रहित विमान (ड्रोन) को प्रयोग गरि गरेको उक्त आक्रमण गरेको थियो । उक्त आक्रमण गरि ती नेता मारिएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले अल कायदा नेता यामन अल जवाहिरी मारिएको पुष्टि गरेका हुन्। उक्त कारबाहीमा जवाहिरी अफगानिस्तानको राजधानी काबुलमा मारिएको जनाइएको छ।
अन्तराष्ट्रिय सञ्चार माध्ययमहरुले अमेरिकी आक्रमणमा जवाहिरी मात्र मारिएको र उनका परिवारका अन्य सदस्यहरु भने सुरक्षित रहेको जनाइएको छ। ७१ वर्षीय जवाहिरीविरुद्ध कारबाहीका लागि अमेरिकी राष्ट्रपति बाइडेनले केही दिनअघि अनुमति दिएको बताइएको छ ।
सन् २००१ मा भएको अमेरिकी ट्वीन टावर आक्रमणमा अमेरिकाले लादेनसहित जवाहिरीलाई पनि सर्वाधिक खोजीको सूचीमा राखेको थियो। सन् २०११ मा अमेरिकाले ओसामा बिन लादेनलाई मारेपछि अल कायदाको नेतृत्व जवाहिरीले गरेका थिए। बिन लादेन र जवाहिरीले नै अमेरिकामा ९।११ आक्रमणको योजना बनाएको बताइएको छ ।
अधिकारीहरूका अनुसार जवाहिरी सुरक्षित घरको बालकोनीमा रहेका बेला ड्रोनबाट दुईवटा मिसाइल प्रहार गरिएको थियो ।अमेरिकी अधिकारीहरूले यस घटनामा जवाहिरीको परिवारका सदस्यहरू पनि घरमा रहेका भए पनि उनीहरु कसैलाई कुनै प्रकारको चोटपटक नलागेको बताएका छन् ।