दुबई, १० महिनाको लामो अन्तराल पछि आज भारत र पाकिस्तनी क्रिकेट टिम आमने सामने हुने भएका छन् । एसिया कप समूह ए अन्तर्गत हुने यो खेल नेपाली समय अनुसार बेलुकी ८ बजे शुरु हुने भएको छ ।
दुबई स्थित इन्टरनेशनल क्रिकेट स्टेडियममा यो प्रतियोगिता हुनेछ । सन २०२१ को अक्टोबर २४ तारिखका दिन यहि मैदानमा भारत र पाकिस्तानी टीमले प्रतिस्पर्धा गरेका थिए । उक्त खेलमा पाकिस्तानी टिम १० विकेटले बिजयी भएको थियो ।
एसिया कपको कुरा गर्ने हो भने पाकिस्तानी टीम भारत विरुद्ध सन २०१४ पछि कुनै पनि खेल जित्न सकेकोछैन, पाकिस्तानले सन २०१६ को प्रतियोगितामा एक पटक र सन २०१८ को एसिया कपमा दुई पटक भारतसंग हारको सामना गर्नुुपरेको थियो । समग्रमा भन्दा एसिया को रेकर्डको कुरा गर्ने हो भने भारतले पाकिस्तान विरुद्ध १४ वटा खेलहरुमा ८ वटामा जीत हात पारिसकेको छ भने पाकिस्तानले ५ वटा खेलमा जितको झण्डा गाडेको थियो । एक खेल बर्षाका कारण रोकिएको थियो ।