गृह

ताजा समाचार

ट्रेन्डिङ

खोज

भुसाल सम्पर्क समाजको अधिवेशनबाट युवराज भुसाल नयाँ अध्यक्ष निर्वाचित

भुसाल समाज काठमाडौ नेपालका नननिर्वाचित पदाधिकारीहरु
भुसाल समाज काठमाडौ नेपालका नननिर्वाचित पदाधिकारीहरु

काठमाडौँ, भुसाल सम्पर्क समाज काठमाडौँ नेपालको शनिबार सम्पन्न अधिवेशन सम्पन्न भएको छ । यस अधिवेशनबाट समाजको नयाँ अध्यक्षमा युवराज भुसाल निर्वाचित हुनु भएको छ । समाज दशौँ वार्षिक साधारण सभामार्फत उनी अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

समाजजमा जम्मा १३ सदस्य रहेको छ । नयाँ समितिको उपाध्यक्षमा माधवप्रसाद भुसाल निर्वाचित हुनुभएको छ भने, महासचिवमा ईश्वरीप्रसाद भुसाल र सचिवमा प्रवीन भुसाल निर्वाचित हुनु भएको छ ।

भुसाल समाजका सदस्य तथा नयाँ पदाधिकारीहरु

यसैगरी, समितिको कोषाध्यक्ष कमला भुसाल बराल चुनिनु भएको छ । त्यस्तै समितिका सदस्यहरुमा क्रमशः मोतीलाल भुसाल, कृष्णप्रसाद भुसाल, मुकुन्दप्रसाद भुसाल, पूर्णचन्द्र, विष्णु प्रसाद भुसाल, मदन केसी भुसाल, कमला भुसाल भण्डारी र हिरामणी भुसाल निर्वाचित हुनुभएको छ ।
यो समाज मुलुकभर विभिन्न स्थानमा छरिएर रहेका भुसाल बन्धुहरुको एकताका लागि गठन भएको हो । समाजले भुसालको तर्फबाट विभिन्न स्थानमा प्रतिनिधित्व गरेका बन्धुहरुलाई प्रोत्साहन तथा सम्मान गर्दै आएको छ ।

समाजको वार्षिक साधारणसभामा अर्घाखाँची घर भएका वकिल विष्णुप्रसाद भुसाललाई सगरमाथाको सफल आरोहण गरेकोमा सम्मान गरिएको छ ।केही समयअघि मात्र सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गर्न सफल वकिल भुसाल र उनकी छोरी डा. प्रिति भुसाललाई समाजको तर्फबाट सम्मान गर्ने कार्यक्रम तय गरिएको भएपनि कार्यव्यस्तताले छोरी प्रिति सम्मान कार्यक्रममा उपस्थित भइनन् । मुलुकभर छरिएर रहेका भुसाल बन्धुहरुको तर्फबाट यो नै पहिलो सगरमाथा आरोहण समेत भएको भुसाल समाजले जनाए को छ ।

आफ्नो प्रतिक्रिया साझा गर्नुहोस्

कमेन्ट गर्नुहोस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खबरहरु

अरु समाचारहरु

पात्रो

ताजा अपडेट

लग इन