काठमाडौं, भुसाल सम्पर्क समाज, नेपालको साधारण सभा हुन लागेको छ । यो साधारण सभा आगामी शनिवार, साउन १४ गते बस्ने बताइएको छ । शनिबार विहानको ११ बजे बासुकीचौर, बल्खुमा आयोजना गरिने उक्त साधारण सभामा समस्त भुसाल बन्धुहरूलाई उपस्थितिका लागि आमन्त्रण गरिएको छ ।
संस्थाका अध्यक्ष युवराज भुसालले आफू तथा अन्य बन्धुहरूलाई समेत खबर गरी साथमा लिई आउनका लागी सम्पूर्ण भुसाल बन्धुहरुमाअनुरोध गर्नुभएको छ।
उक्त साधारण सभामा नयाँ कार्य समितिको निर्वाचन हुने बताइएको छ । साथै भुसाल बन्धुहरुको वंशावली सम्वन्धी अध्यावधिक जानकारीहरु गराउने मुख्य कार्यसूची रहेको कुरा समाजका अध्यक्षले जनाएका छन् ।