सन्धिखर्क, सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले शुसाशन पार्दर्सिता आफ्नो पहिलो प्राथमिकता रहेको ले सोही उदेश्य अनुसार मुस्कान सहितको सेवा सेवाग्राहीलाई दिन कर्मचारीलाई निर्देशन दिएका छन् ।
भिरकोट नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा यस अघि कार्यरत रहनुभएका भुसाल नेपाल सरकारका उप–सचिव हुन । उहाँसंग यसअघि विभिन्न जिल्लामा कुशलता पुर्वक कार्यकारीको रुपमा काम गरेको अनुभव समेत रहेको छ भने संघीय सरकारका विभिन्न मन्त्रालयमा पनि कार्य गरेको अनुभव रहेको छ ।
प्रमुख प्रशासकीय अधिकृत भुसालले सन्धिखर्क नगरपालिकामा कर्मचारी वार्डका सचिब बिषयगत शाखाका प्रमुख तथा कर्मचारी लाई निर्देशन दिदै ऐन कानुनको परिधिभित्र रहेर जनप्रतिनिधि सहित सरोकारवाला सबैसंग सहकार्य गर्दै सुशासन, पारदर्शिता र जवाफदेहीतामैत्री नगरपालिकाको रुपमा पहिचान दिलाउने गरि काम गर्न आफू लागि परेकाले सोही अनुसार काम गर्न आग्रह गर्नु भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत भुसालले सेवाग्राहीमैत्री नगरको विकासका लागि आफ्नो सदैव पहल रहने बताउनु भएको छ । उहाँले यसका लागि नगरवासी सबैले साथ दिनेमा विश्वस्त रहेको बताउनु भयो । यसका साथै भुसालले जुनसुकै कार्य गर्दा पनि परिणाममुखी हुनुपर्नेमा जोड दिनुभएको छ । साथै उहाँले नगरको विकास र नगरवासीको काम सहज रुपमा हुनुनै आफ्नो मुख्य लक्ष्य रहेको बताउनु भयो।मुस्कान सहितको सेवा दिएर सेवाग्राहीलाई छिटोछरितो काम दिनका लागि सबै कर्मचारीलाई निर्देशन दिनु भएको छ ।