गृह

ताजा समाचार

ट्रेन्डिङ

खोज

भारतमा २९६ किमी लामो द्रुतमार्गको उदघाटन

नयाँदिल्ली, छिमेकी मुलुक भारतको उत्तर प्रदेशमा २९६ किमी लामो द्रुतमार्गको उदघाटन गरिएको छ । यो द्रुतमार्ग २८ महीनाको समयमानै तयार गरिएको हो । यो मार्ग २९६ किमी लामो तथा विश्वस्तरको द्रुतमार्ग रहेको छ ।

शनिबार नयाँ निर्माण गरिएको ‘बुन्देलखण्ड एक्सप्रेस–वे’ को उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका छन् । उक्त एक्सप्रेस–वेको शिलान्यास पनि प्रम मोदिले सन २०२० को फेब्रुअरीमा गरेका थिए । यो द्रुतमार्ग निर्माण शुरु गरिएको २८ महीनामानै तयार भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यो द्रुतमार्ग चार लेनको रहेको छ । यो द्रुतमार्गको निर्माणकार्यका लागी १ खर्ब ४८ अर्ब ५० करोड भारतीय रुपैयाँ लागेको बताइएको छ । यसका साथै यो द्रुतमार्ग ६ लेनसम्म बनाउने योजना रहेको बताइएको छ । यो मार्ग ‘उत्तर प्रदेश एक्सप्रेस–वे औद्योगिक विकास प्राधिकरण’ अन्तर्गत निर्माण गरिएको हो ।

हालै निर्माण सम्पन्न गरिएको २९६ किलोमिटर लामो उक्त द्रुतमार्गले भारतको उत्तर प्रदेश राज्यका ७ ओटा जिल्लाहरु चित्रकूट, बांदा, महोबा, हमीरपुर, जालौन, औरैया र इटावालाई जोड्ने छ भने यो द्रुतमार्ग सञ्चालनमा आएपछि चित्रकूटदेखि राजधानी दिल्लीसम्मको यात्रा करीब आठ घण्टामा पूरा गर्न सकिनेछ ।

यस द्रुतमार्गमा ४ ओटा रेलवे ओभरब्रिज रहेका छन भने, १४ ओटा ठूला पुलका साथै २८६ ओटा साना पुलहरु तथा १९ ओटा फ्लाईओभरहरु निर्माण गरिएको कुरा भारतीय सञ्चारमाध्ययमहरुले जनाएका छन् ।

आफ्नो प्रतिक्रिया साझा गर्नुहोस्

कमेन्ट गर्नुहोस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खबरहरु

अरु समाचारहरु

पात्रो

ताजा अपडेट

लग इन