श्रावण ३१, अग्लुङ्ग, गुल्मी, चौतारी (चौपारी) सामान्यतया नेपालको ग्रामीण पैदल मार्गमा पाइने विश्राम (विसौनी) हो। ढुङ्गाहरुलाई कुँदेर मानिस बस्न वा भारी विसाउनको लागि उपयूक्त ठाँउ बनाइन्छ । चौतारीका ठूला ठूला रुख मुनि ग्रामीण पदमार्गको छेउमा बनाइएका मञ्चमा यात्रुले कठिन उकालो चढेर आराम गर्न सक्छन् ।
चौतारीले परम्परागत सार्वजनिक स्थानको रूपमा पनि काम गर्दछ जहाँ मानिसहरू भेट्न र विभिन्न मुद्दाहरूमा कुराकानी गर्न सक्छन्, यसलाई सामाजिक पक्षबाट महत्त्वपूर्ण मानिन्छ । चौतारीमा वर,पिपल र स्वामीका रुखहरु छाँया प्रदान गर्न रोपिन्छ । यसको हिन्दु धर्म अनुसार आफ्नै धार्मिक महत्त्व पनि रहेको धर्मशास्त्रमा पाइन्छ । चौतारीको प्राथमिक उद्देश्य पदयात्रामा हिड्ने यात्रुहरूला्ई छोटो विश्राम (विसौनी) प्रदान गर्नु हो। यद्यपि, गाउँमा, तिनीहरूले कहिलेकाहिँ सामाजिक जमघटको लागि ठाउँ पनि प्रदान गर्दछन् ।
सडक निर्माणसँगै ‘चौतारी’ भनेर चिनिने परम्परागत आराम गर्ने मञ्च आजकाल भत्कन थालेको छ । तर आजकल एक गाउँलाई अर्को गाउँ जोड्ने बढ्दो संख्यामा मोटरेबल सडक निर्माण गर्न चौतारीहरू भत्काइएको छ । मोटरेबल सडक बनेपछि ग्रामीण भेगमा थोरै मानिस मात्रै हिँड्ने भएकाले अझै उभिएका चौतारीहरू पनि उपेक्षित अवस्थामा छन् ।
तर यस्ता विकासबाट सन्तुष्ट नभएकाले चौतारी जोगाउन युवाहरुलाई आह्वान गर्दै मदाने गाउँपालिका-१ गुल्मी, अग्लुङ्ग निवासी मेरो हजुरबुवा गुल्मी जिल्लाका पूर्व सभापति, रा.पं.स. (सांसद) तथा गुल्मी जिल्लाकै प्रमुख विकासप्रेमी नेता स्वर्गीय श्री वैकुण्ठ बहादुर चन्दको स्मृतिमा चौतारी बनाइ वर,पिपल र स्वामीका विरुवा रापेको तर यसको धार्मिक पूजा अर्चना गर्न बाँकी नै रहेको छ । ‘अग्लुङ्ग लगायत गुल्मीका कैयौं चौतारीहरु यस्तै कारणले ध्वस्त वा बेवास्ताको अवस्थामा रहेका छन् । चौतारीको राज्य, हाम्रा पुर्खाले दिएको सम्पदा सडक विस्तार र विकासको नाममा ध्वस्त र उपेक्षित हुँदै गएको छ, विकाससँगै अगाडि बढ्दै आफ्नो परम्परालाई जोगाउनुपर्छ । अग्लुङ्गकी स्थानीय यूवा मञ्जु मल्ल शाहीले भन्नु भयो ।’