काठमाडौं, राजधानी काठमाडौं उपत्यका तथा आसपासका जिल्लाहरुमा हैजाका बिरामीको बढ्दै गएको कुरा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । श्रावण १ गते सम्म यी जिल्लाहरुमा ३१ जनामा हैजा पुष्टि भएको छ । पछिल्लो समय नुवाकोट जिल्लाको कंकनीका एक युवकमा हैजा देखिएको छ ।
यो सिजनमा हैजा देखिएकाहरु मध्ये १४ बर्षमुनिका ६ जना बालबालिकाहरु रहेको बताइएको छ। हैजाबाट संक्रमित भएकाहरु मध्ये ३ जनाको अस्पतालमा उपचार भइरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाले हैजा अझ फैलनसक्ने भन्दै सबैलाई सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।