काठमाडौं, पछिल्लो समय निकैनै चर्चामा रहेको र जनस्तरबाट निकै विरोध भएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेकी छन्।राष्ट्रपति कार्यालयले आइतबार साँझ प्रेस विज्ञप्ति जारी गरी यस कुराको जानकारी गराएको हो ।
गत साउन १५ गते सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि पठाएको विधेयकमा पुनर्विचार हुन आवश्यक देखिएकाले फिर्ता पठाइएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ।
संविधानको धारा ११३ को उपधारा ३ बमोजिम राष्ट्रपतिलाई विधेयक पुनर्विचार गर्नुपर्छ भन्ने लागेर संसद्मै फिर्ता पठाएको प्रवक्ता सागर आचार्यले निकालेको विज्ञप्तिमा लेखिएको छ।प्रतिनिधिसभा र राष्ट्रिय सभाले पारित गरेपछि १५ साउनमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरण गरेर राष्ट्रपति भवन पठाईएकोे थियो । उक्त विधेयक प्रतिनिधिसभामनै फिर्ता भएको छ ।
आईतबार साँझ राष्ट्रपति कार्यालयबाट जारी गरिएको विज्ञप्ती हेर्नुहोस ।