गृह

ताजा समाचार

ट्रेन्डिङ

खोज

कक्षा ११ भर्ना श्रावण मसान्तसम्म लिन राष्ट्रिय परीक्षा बोर्डको निर्देशन

काठमाडौं, एसइइको नतिजा प्रकाशन ढिलो भएसंगै राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा बिद्यालयहरुले विद्यार्थी भर्ना गर्ने समय छोटो राखिएको भन्दै त्यसको म्याद बढाएर साउन मसान्तसम्म पुर्याएको छ ।

राष्ट्रिय परिक्षा बोर्डले बुधवार सार्वजनिक गरेको सूचना अनुसार एसईईको नतिजा ११ साउनमा प्रकाशित भएको र विद्यालय र क्याम्पसहरुले फरक–फरक भर्ना तालिका राखेर छोटो समयको म्याद राखिएको भन्दै साउन मसान्तसम्मको लागी भर्ना गर्ने समय बढाएको हो ।

छोटो समयको मात्रै भर्ना म्याद राख्दा देशका दुर्गम क्षेत्रका विद्यार्थीहरूले भर्ना अवसरबाट बञ्चित भएको गुनासो आएको भन्दै बोर्डले त्यस्तो निर्देशन दिएको हो । बोर्डले स्थानिय पालिकाहरुले सो बारेमा सहजीकरण गर्नका लागि परिक्षा बोर्डले अनुरोध गरेको छ ।

आफ्नो प्रतिक्रिया साझा गर्नुहोस्

कमेन्ट गर्नुहोस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खबरहरु

अरु समाचारहरु

पात्रो

ताजा अपडेट

लग इन