काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोना संक्रमणका कारण ५ जना व्यक्तिको मृत्यु भएको छ । यसका साथै अन्य ८१५ जना व्यक्तिहरुमा संक्रमाण पुष्टी भएको छ । २४ घण्टाको अबधिमा ४ हजार ५३४ जनाको परीक्षण गरिएकोमा ८१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयले जनाए अनुसार २ हजार ४ सय ११जनाको पीसीआर परीक्षण गरिएकोमा ४६५ जना र २ हजार १ सय २३ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ३५० जनामा संक्रमण देखिएको हो । यससंगै कोरोना संक्रिय संक्रमितको संख्या ५ हजार ८६९ पुगेको छ ।