काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ९१५ जना व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको छ ।कोरोना संक्रमणका कारण २ जना व्यक्तिको मृत्यु भएको छ ।
गत २४ घण्टामा ६ हजार २ जनाको परीक्षण गरिएकोमा ९१५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
जम्मा परिक्षण गरिएकामध्ये ३ हजार ९१ जनाको पीसीआर परीक्षण गर्दा ५९० जनामा संक्रमण भेटिएको यियो भने २ हजार ९११ जनाको एन्टिजेन परीक्षण गर्दा ३२५ जनामा संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज प्राप्त पुष्टिसंगै कोरोना भाइरसका कारण सक्रिय संक्रमित हुनेको संख्या ५ हजार ४३३ पुगेको छ । त्यसैगरि पछिल्लो २४ घण्टामा ३०१ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।