दिक्तेल, आइतबार विहान खोटाङमा केन्द्रविन्दू भएको ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार खोटाङ जिल्लाको मात्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर यो भुकम्प गएको हो । आइतबार विहान ८ बजेर १४ मिनेटमा जाँदा गएको भुकम्प ६ रेक्टर स्केल भएको बताइएको छ ।
उक्त भूकम्पबाट के कति क्षती भयो भन्ने बारे केही खुलाइएको छैन । उक्त भूकम्पको धक्का पूर्वका अधिकांश जिल्लाहरुमा गरिएको थियो भने राजधानीका तिनै जिल्लामा समेत भुकम्प महशुस गरिएको थियो। एक साता अघि गत साउन ९ गते सिन्धुपाल्चोक जिल्लाको हेलम्बु फुटट्रेल नजिकै विहान ६ बजेर ७ मिनेटमा पछिल्लो भुकम्प गएको थियो उक्त भुकम्प ४.७ रेक्टर स्केलको रहेको थियो ।