गृह

ताजा समाचार

ट्रेन्डिङ

खोज

उत्तरी फिलिपिन्समा ७.१ म्याग्निच्युडको भूकम्पको धक्का

मनिला, उत्तरी फिलिपिन्समा बुधबार ७.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण विभागले जनाएको छ । यो भुकम्प राजधानी मनिलाबाट ३०० किलोमिटर (१८५ माईल) टाढा रहेको बताइएको छ । भूकम्प जमिनमुनी १० किलोमिटर गहिराइमा गएको बताइएको छ ।

बिहान लुजोनको मुख्य टापुको पहाडी र निकै कम जनसंख्या भएको प्रान्त अब्रामा यो भुकम्प गएको हो । भूकम्पपछि डराएर मानिसहरू आफ्नो भवनहरू बाहिर भागेका थिए । स्थानीय बजारका शिशाका झ्यालहरू चकनाचुर भएको प्रहरी मेजर एडविन सर्जियोले एएफपीलाई बताएका छन्।

उनले भने ‘भूकम्प धेरै शक्तिशाली थियो’ प्रहरी चौकीको भवनमा सानातिना दरारहरू परेका छन्। बजारमा बिक्री हुने तरकारी तथा फलफूल अस्तव्यस्त भएर छरिएको दृष्यहरु सामाजिक सञ्जालमा देखिएका छन् । फेसबुकमा जारी गरिएको भिडियोमा नजिकैको बान्गुएड शहरको डामर सडक र जमिनमा दरार देखिएको छ तर पसल र घरहरूमा कुनै पनि क्षति भएको छैन।बांगुएडमा धेरै मानिसहरु घाइते भएको र उपचारका लागि अस्पताल लगिएको प्रहरी प्रमुख मेजर नाजारेनो एमियाले एएफपीलाई बताएका छन्।

भूकम्पले भएको क्षतिको विवरण आइसकेको छैन । यद्यपि सुनामी आउन सक्ने भएकाले सतर्कताको सूचना जारी गरिएको अन्तराष्ट्रिय मिडियाहरुले जनाएका छन् ।

आफ्नो प्रतिक्रिया साझा गर्नुहोस्

कमेन्ट गर्नुहोस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खबरहरु

अरु समाचारहरु

पात्रो

ताजा अपडेट

लग इन