काहिरा, इजिप्टको राजधानी काहिराको एक चर्चमा आइतबार भएको भिषण् आगलागीमा परि ४१ जनाको ज्यान गएको अन्तराष्ट्रिय सञ्चार माध्ययमहरुले जनाएका छन । यस घटनामा परि अन्य १४ जना मानिसहरु घाइते भएका छन् । प्रहरी अधिकारीहरुका अनुसार शुरुवाती जाँचका क्रममा उक्त आगलागी विद्युत सर्ट भएर लागेको हो ।
इजिप्टको कोप्टिक चर्चले समेत यस आगलागीको बारेमा आधिकारीक जानकारी दिएको छ । चर्चले स्वास्थ्य अधिकारीलाई उधृत गर्दै भनेको छ कि यो आगलागी इम्बाबाको बाक्लो बस्ती भएको क्षेत्रमा रहेको अबू सेफिन चर्चमा भएको हो । प्रारम्भिक जाँचबाट आगलागीको कारण विद्युट सर्ट भएर लागेको भनिएपछि बास्तविकता जाँचपछि मात्र आउने अधिकारीहरुले जनाएका छन् ।
राष्ट्रपति कार्यालयले जारी गरेको एक विज्ञप्तीमा राष्ट्रपति अब्दुल फतेह अल सिसीले कप्टिक क्रिस्चियन पोप दितियसंग फोनमा कुरा गरेका छन् । उनले मृतकहरुप्रति समवेदना प्रकट गरेका छन् ।