लण्डन, बेलायतकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन भएको छ । बिहिबार साँझ स्कटल्यान्डस्थित बालमोरल दरबारमा उहाँको निधन भएको हो ।
सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिएकी एलिजाबेथ बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्राध्यक्ष समेत हुन् । उहाँ विश्वमै लामो समयसम्म सत्तामा रहने शासकको सूचीमा हुनुहुन्थ्यो । उहाँ फ्रान्सका लुइस १४ औं पछि दोस्रो स्थानमा पर्नुहुन्थ्यो । एलिजाबेथको शासनकालमै बेलायतमा १५ जना प्रधानमन्त्री परिवर्तन भएका छन् ।उहाँका बुबा राजकुमार अल्बर्टलाई राजा जर्ज चौथोको उपाधि प्राप्त भएपछि जेठी छोरी एलिजाबेथ उत्तराधिकारी बन्नु भएको थियो। उहाँको पिताको निधनपछि सन् १९५२ फेब्रुअरी ६ मा २५ वर्षको उमेरमा उहाँले राजगद्दी आरोहण गर्र्नुभएको थियो।
महारानीले स्वास्थ्यका कारण आफ्ना कतिपय राजकीय जिम्मेवारी यसअघि नै जेठो छोरा तथा उत्तराधिकारी युवराज चार्ल्सलाई हस्तान्तरण गर्नु भएको थियो। यसका साथै उहाँले युवराज चार्ल्स राजा बनेपछि पत्नी क्यामिला रानी बन्ने घोषणा यस अघिनै गर्नु भएको थियो । चार्ल्स बेलायतमा राजगद्दी आरोहण गर्ने उहाँ सबैभन्दा धेरै उमेरको हुनुहुन्छ ।