इस्लामाबाद, पाकिस्तान सरकारले देशमा बर्षाका कारण आएको बाढीमा परि अहिले सम्म कम्तीमा ३४३ बालबालिकाहरु सहित ९३७ जनाको ज्यान गएको जनाएको छ । यस घटनामा परि कम्तीमा ३ कारोड मानिसहरु प्रभावित भएको जनाएको छ । जसका कारण देशमा आपतकालको घोषणा गरेको छ ।
राष्ट्रिय विपत्ति प्राधिकरणले जनाए अनुसार सिन्ध प्रान्तमा १४ जुन बाट अहलिे सम्म बाढि र बर्षा सम्बन्धि घटनामा ३०६ जना मानिसहरुको मृत्यु भएको छ । बलूचिस्तानमा २३४ जना मानिसहरुको ज्यान गएको छ । त्यस्तै खैबर पख्तुनख्वा र पंजाब प्रान्तमा क्रमस १८५ र १६५ जनाको मृत्यु भएको छ ।
समाचारपत्र डन न्यूजका अनुसार पाकिस्तानमा अगष्ट महिनामा १६६.८ मिमि बर्षा भएको छ, जुन यो अबधिमा हुने औसत ४८ मिमि भन्दा २४१ प्रतिशतले बढि हो । यो मनसुनमा सबैभन्दा धेरै प्रभावित क्षेत्र सिन्ध र बलूचिस्तानमा क्रमशः ७८४ प्रतिशत र ४९६ प्रतिशत धेरै बर्षा भएको छ ।