गृह

ताजा समाचार

ट्रेन्डिङ

खोज

सुनको मुल्य तोलामा एक हजार ले घट्यो

काठमाडौं, नेपाली बजारमा बिहीवार सुनचाँदीको मूल्यमा कमी आएको छ । विहिबार बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेर ९३ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यावसायी संघले जनाएको छ । बुधबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको मुल्य विहिबार एक हजारले घटेको हो । ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार चाँदीको मूल्यमा बुधबारको तुलनामा प्रतितोला १० रुपैयाँले घटेर १ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधवार चाँदी प्रतितोला १ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो।

बिहीवार अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ६९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

आफ्नो प्रतिक्रिया साझा गर्नुहोस्

कमेन्ट गर्नुहोस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खबरहरु

अरु समाचारहरु

पात्रो

ताजा अपडेट

लग इन