काठमाडौं, विश्वका ७५ वटा देशहरुमा १६ हजारभन्दा बढी मंकीपक्सको संक्रमण पुष्टि भएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ। मंकीपक्सको प्रकोपलाई लिएर संगठनले स्वास्थ्य संकटकाल घोषणा गरेको हो।
शनिबार बसेको डब्लुएचओको मुख्यालयमा भएको एक बैठकमा महानिर्देशक डा टेड्रोस अड्हानोम गेयब्रेसेसले संसारभरका ७५ वटा देशहरुमा १६ हजारभन्दा बढी संक्रमण पुष्टि भइसकेको कारणले अहिले स्वास्थ आपतकाल घोषणा गरिएको बताएका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार मंकीपक्सका कारण हालसम्म विश्वभर कम्तीमा पाँच जनाको मृत्यु भइसकेको छ।
मंकीपक्स संक्रमण देखिएका यी देशहरुका साथै बाँकी अन्य देशहरुमा समेत यसको प्रकोप रोक्नका लागि र जोखिममा परेका मानिसहरूलाई बचाउनका लागी आवश्यक कदम चाल्न जरुरी भएको पनि विश्व स्वास्थ्य संगठनले जनाएको छ।