नयाँ दिल्ली, भारतीय राष्ट्रपति चुनावमा अहिले मतगणना जारी छ । यस निर्वाचनमा द्रौपदी मुर्मू अगाडी देखिएकी छन । सांसद भवनको ६३ नम्बरको काठामा यतिवेला मतगणना जारी रहेको भारतीय मिडियाहरुले जनाएका छन् ।
सबैभन्दा पहिला सांसदहरुको मतको गणना भएको छ भने अहिले विधायकको मत गणना जारी रहेको छ । यो निर्वाचनको नतिजा आज साँझसम्म आउने अनुमान गरिएको छ । तीन बजेसम्मको ताजा नतिजा अनुसार दौपदी मुर्मूले ५४० मत प्राप्त गरेकी छन भने उनका प्रतिदन्दी यशवंत सिन्हाले २०८ मत प्राप्त गरेका छन् । १५ जना सांसदको मत वदर भएको बताइएको छ ।