काठमाडौं, रजधानीको तारकेस्वर नगरपालिका काभ्रेस्थलीमा एकै परिवारका चारजना मृत अबस्थामा फेला परेका छन्। उक्त परिवारका बाबु, आमा र छोराछोरीहरू मृत फेला परेको तारकेश्वर नगरपालिका प्रमुख कृष्णहरि महर्जनले बताउनु भएको छ । उक्त घटनामा ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका र ८ वर्षीय छोरा आशिक मृत्त भेटिएका थिए।
आज विहान उनीहरू मृत फेला परेका हुन्। यस घटनाका बारेमा जानकारी पाएसंगै प्रहरी घटनास्थलतर्फ पुगेको छ। प्रहरीका अनुसार घटना हत्या वा आत्महत्या के हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ।घटनाको प्रकृति हेर्दा श्रीमती र छोराछोरीको हत्या गरेर श्रीमानले आत्महत्या गरेको आशंका गरिएको छ ।