बुटवल, भोली श्रावण १ गतेदेखि लागु हुनेगरि लुम्बिनी तथा राप्ती प्रादेशिक अस्पतालमा आकस्मिक तथा बहिरंग सेवाको टिकटका साथै वेड शुल्क नलाग्ने भएको छ ।
हालै घोणणा भएको आर्थिक वर्ष २०७९।८० को बजेटमा लुम्बिनी प्रदेश सरकारले लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा बिरामीलाई बहिरंग सेवा र आकस्मिक सेवाको टिकट तथा बेडमा शुल्क नलिने घोषणा गरेको थियो । भोलीदेखि सोही घोषणा कार्यान्वयनमा आउन लागेको हो ।
प्रदेश सरकारले सोही प्रयोजनका लागी आर्थिक बर्षको बजेटमा एक करोड ५० लाख रुपैयाँ विनियोजन समेत गरेको छ । विरामी जचाउन जाँदा ‘टिकट शुल्क नलाग्ने भएपनि बिरामीहरुले टिकट काउन्टरबाट टिकट भने लिनुपर्ने छ ।
यसैगरि भोलिदेखि नै लागु हुनेगरि प्रदेशका सरकारी अस्पतालमा सेवा लिने बिरामीहरुका लागि रगत समेत निःशुल्क हुने बताइएको छ । यस कार्यका लागी लुम्बिनी प्रादेशिक अस्पताल र रक्तसञ्चार सेवा केन्द्रका बीचमा एक सम्झौतापत्रमा हस्ताक्षर समेत भैसकेको छ । यस प्रयोजनका लागी प्रदेश सरकारले ३ करोड रुपैयाँ बजेट छुट्याएको छ ।