काठमाडौं, नयाँ नेपाली चलचित्र ‘म’को दुईवटा पोस्टर सार्वजनिक भएको छ ।यो चलचित्रलाई कान्तिपुर फिल्म एकेडेमीले पहिलो पटक निर्माण गरेको हो । अहिले सार्वजतिक गरिएको पोस्टरमा नवअभिनेता संजोग रसाइलीलाई केन्द्रमा राखिएको छ । उनको लुक्सले दर्शकहरुमा कौतुहलता पैदा गरेको छ । यस चलचित्रको सार्वजनिक गरिएको पोस्टरमा अन्य कलाकारहरु सरोज खनाल, निशा अधिकारी, रुविना थापा, निराजन प्रधान, सविन श्रेष्ठ, नरेन खड्का, सरिता लामिछाने र पुनम श्रेष्ठलाई समेत देखाइएको छ ।
सार्वजनिक गरिएका दुबै पोस्टर हस्पिटलको सेटिङ्ग प्लेस्मेन्ट गरेर ब्लू टोनमा तयार पारिएको छ भने स्याडोमा सबै क्यारेक्टरहरुको रिफ्लेक्सन राखिएको छ । यो पोस्टर राकेश दाहालले डिजाइन गरेका हुन । यस पोस्टरले फिल्म सस्पेन्स कथामा निर्माण गरिएको अनुमान गर्न सकिन्छ । यस चलचित्रको गत महिना सार्वजनिक भएको टिजरले समेत नेपाली दर्शकमा फिल्मप्रति कौतुहलता जगाएको थियो ।
यस चलचित्रका निर्देशक सुवर्ण थापा हुन । आगामी श्रावण महिनाको २० गतेबाट यो चलचित्र प्रदर्शनमा आउन लागेको निर्माण पक्षले जनाएको छ । यस चलचित्रलाई
तेन्जिङ्ग पाल्देनले छायांकन गरेका हुन भने बनिश शाहको सम्पादन रहेको यस चलचित्रको निर्माण बिमला हुमागाईं र पदम पुरीले गरेका हुन् ।