बुटवल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा नवलपरासीको आयोजना र जय माता दि एम्युजमेन्ट एन्ड इभेन्ट म्यानेजमेन्ट प्रा।लिको मेला व्यवस्थापनमा दोस्रो लोक सांस्कृतिक एवं पर्यटन महोत्सव२०७९ को २ दिन मिति थप गरिएको छ।
असार २३ गते देखी सुरु भएको दोस्रो लोक सांस्कृतिक एवं पर्यटन महोत्सव श्रावण ५ गतेसम्म मेला चल्ने भनिए पनि दर्शकको उत्साहजनक चापलाई मध्ये नजर गर्दै मेला श्रावण ७ गतेसम्म चल्ने जय माता दी एम्युजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा। ली का प्रबन्ध निदेशक राजविर जैसवालले बताए ।
दिउसो २ बजे देखि रातिको १० बजे सम्म चल्ने मेलामा दसौं दिनसम्ममा करिब ५० हजारभन्दा बढी दर्शकले मेला अवलोकन गरेको आयोजकले जानकारी दिएको छ।
यस्तै दसौं दिनसम्म चर्चित कलाकार सहित स्थानीय कलाकारले आफ्नो प्रस्तुति दिएका छन् भने खुल्ला लोक दोहोरी प्रतियोगिता समेत संचालन भइरहेको छ।