गृह

ताजा समाचार

ट्रेन्डिङ

खोज

मुलुकको नयाँ मौद्रिक नीति सार्वजनिक गरिंदै

काठमाडौं, नेपालको केन्द्रिय बैक नेपाल राष्ट्र बैंकले आज शुक्रबार मुलुकको मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ
शुक्बार दिउसो ४ बजे एक पत्रकार सम्मेलन मार्फत नयाँ मौद्रिक नीति सार्वजनिक गरिने कुरा राष्ट्र बैंक श्रोतले जनाएको छ ।

उक्त मौद्रिक निती सार्वजनिक गर्नु अघि राष्ट्र बैंक सञ्चालक समितिको बैठक बसिरहेको बताइएको छ। उक्त बैठकले मौद्रिक नीति पारित गर्ने छ। बैठकबाट पारित सोही मौद्रिक नीतिलाई शुक्रबार दिउँसो सार्वजनिक गरिने कार्यक्रम रहेको छ।

यस अघि विहिबार अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रबार सार्वजनिक गर्न लागेको मौद्रिक नीतिका बारे राष्ट्रवैकका गभर्नर महाप्रसाद अधिकारीले ब्रिफिङ गरेका थिए।

मुलुकमा बढदो अर्थतन्त्रको दबावलाई निकास दिने गरी नयाँ मौद्रिक नीति आउन लागेको राष्ट्रबैकका अधिकारीहरुले जनाएका छन् ।

आफ्नो प्रतिक्रिया साझा गर्नुहोस्

कमेन्ट गर्नुहोस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खबरहरु

अरु समाचारहरु

पात्रो

ताजा अपडेट

लग इन