काठमाडौं, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार एक पत्रकार सम्मेलन मार्फत आर्थिक वर्ष २०७९र ०८० को मौद्रिक नीति सार्वजनिक गरेका छन ।
शुक्रवार सार्वजनिक गरेको मौद्रिक नीति अनुसार यसअघि शेयर कर्जामा लगाउँदै आएको ४ करोड रुपैयाँको सीमा हटाइएको छ । यसअघि एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्मको सीमा राखिएको थियो ।
नेपाल राष्ट्र बैंकले ४ करोडको सीमा हटाएर सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्म मात्र लिन पाउने व्यवस्थालाई निरन्तरता दिएको छ।
आज सार्वजनिक गरिएको मौद्रिक नीतिको पूर्णपाठ हेर्नुहोस ।