गृह

ताजा समाचार

ट्रेन्डिङ

खोज

मेरो गाउँ अग्लुङ्गका डाक्टर मामा अब केवल सम्झनामा मात्र…!

अग्लुङ्गका डाक्टर मामा (तश्विरको बिचमा)
अग्लुङ्गका डाक्टर मामा (तश्विरको बिचमा)
अग्लुङ्गका डाक्टर मामा (तश्विरको बिचमा)
  • बसन्त राउत, अग्लुङ्ग

अब केवल सम्झना मात्र…! 😢

यहाँलाई मेरो भावपूर्ण श्रद्धाञ्जली…!

डाक्टर मामा🙏

मेरो गाउँ अग्लुङ्ग

चारैतिर बाट पहाडले घेरेकाे एउटा सानो गाउँ। जसको नाम बढो चाखलाग्दो छ- अग्लुङ्ग

वि. सं. २०५४/५५ तिरकाे कुरा हाे म मेराे मामा घर जुन ठाउँलाई रिडिवन भनिन्छ। मेराे मामा घर मास्तिर तारा बहादुर बिष्ट (भुँडे बाजे) र बज्यै त्यही बस्नुहुन्थ्यो। मलाई दुवै जनाले खुबै माया गर्नु हुन्थ्याे।

कुरा बाजेबाट सुरू गरौं। भुँडी ठूलाे शारीरिक बनावट, औसत नेपाली उचाइ, चौडा अनुहार्, एक प्रकारको कान्ती थियो उहाँको मुहारमा।

मेराे घर गाँवबाट रिडिवन पुग्न करिब १५ मिनेट पैदल हिड्नु पर्थ्यो। अहिले माेटर साइकलमा जाने हो भने २/३ मिनेटमा पुगिन्छ। बिचमा स्कुल, जाेई मुठा, जाेम्ले पाेखरी, गाैरा, रामखाेलेकाे बारी, थापाकाे पाेखरी अनि कँवरकाेे थुम्का भन्ने ठाँउ छन् । म मामा घर गएपछि धेरै समय बाजे र बाेईसँग नै बित्थ्याे र कहिले काँही त मेराे मामाकाे छाेरी ठूली दिदि (कमला आ.सि.) र सानी दिदि (लक्ष्मी आ.सि.) ले मलाई खाना खान आएन गफमा भुलेर भनेर रिसाउनु हुन्थ्याे। म बाजेका कुरामा पुरै खानै विर्सेर बसेकाे हुन्थे।

हजुरआमाले मलाई बेलाबखतमा लुकाएर खान दिएका चिउरा, दालमाेट, चाउचाउ अहिलेसम्म भूल्न सकेको छैन। म खै किन हाे ति बाजे बज्यैकाे त्याे घरकै नाती जत्तिकै प्याराे थिए र अहिले पनि मलाई त्याे घर सबैले मेराे मामा माइजुले जित्तिकै माया गर्नेु हुन्छ।

स्कुल बिदा भएपछि प्रायःशनीवार म मामा घर जान्थे र मेराे बास बाजे बज्यैसँगै हुन्थ्याे। बाजेको बोल्ने शैली रोचक थियो। उहाँसँग कथा सुनाएर मन्त्रमुग्ध पार्ने खुवी थियो।

बाजेको एउटा अनौठो बानी थियो। उहाँ केही कुरा लेख्दा डट्पेनको खोल फालेर रिफिलले मात्र लेख्नुहुन्थ्यो। एक दिन मैले सोधेको पनि थिएँ- तपाईं डट्पेनको खोल फालेर (सरा) रिफिलले किन लेख्नुहुन्छ? उहाँले भन्नु भयो- लेख्ने सराले हो, खोलको के काम?उहाँले किन रिफिलले मात्र लेख्नुभयो भनेर मैले आजसम्म बुझ्न सकेको छैन।

उहाँले मलाई भारतकाे राष्ट्रिय गान र अन्य राष्ट्र भक्तीका गितहरु मलाई सुनाउनु भाे र मलाई यसरी गाउनु पर्छ भनेर पनि सिकाउनु हुन्थ्याे । दाेस्राे विश्व युद्दमा आफूले दुश्मनलाई कसरी परास्त गरे भन्ने कुराहरु र युद्दमा कसरी लड्नु पर्छ भनेर पनि सिकाउनु हुन्थ्याे । मलाई नाइनास्टिक भन्ने कुरा उहाँले नै भन्नु भाे अनि नाइनास्टिकले आफ्नाे सुरक्षा कवजकाे काम गर्छ भन्ने कुरा थाहा पाए र वृद्दा उमेर भएकाेले मलाई नाइनास्टिक चलाउने आइडिया सिकाउन सक्नु भएन ।

मलाई गान्धी र भारतीय स्वन्तन्त्रतासँग बाजेले नै परिचित गराउनु भएको हो।

उहाँले अगाडि भन्दै जानुभयो- नेहरूको अवसानपछि शास्त्री आए। लालबहादुर शास्त्रीको जीवन बहुत सरल थियो। शास्त्रीजी पछि ईन्दिरा गान्धी भारतको प्रधानमन्त्री बनिन्। ईन्दिरा गान्धी नेहरू कै छोरी थिइन्।

पल्टनकाे पढाई निम्न वर्गको मान्छेबाट इतिहासको ज्ञान त्यो रोचक रु मौलिक शैलीमा ज्ञान सुन्न पाउँदा इतिहासको हिस्सा भएको महसुस हुन्थ्यो। पछि इतिहास शिक्षकले पढाउँदा पट्यार लाग्थ्यो। बाजेको विशिष्टता के थियो भने उहाँ अहिंशाका पूजारी गान्धीबाट प्रभावित हुनुहुन्थ्यो।

उहाँ भन्नुहुन्थ्यो- मान्छेलाई सही र गलतको तराजुमा जोखेर हेर्नुभन्दा उनीहरूको असल कर्मको अनुशरण गर्नुपर्छ र गलत कर्मबाट सिक्नुपर्छ। मेरो विचार मात्र सही र तिम्रो गलत भन्ने सोच बनाउँदा त्यसले घर, समाज र देशको चिन्तन साँघुरो हुन्छ, दरिद्र हुन्छ।

बाजेलाई जीवनप्रति साह्रै प्रेम थियो। मदिराका शौखिन उहाँलाई मैले बेलाबखत गाँउघरमा लाेकल रक्सी ल्याइदिन जान्थे ।

आज सम्म पनि बाजेको साह्रै याद आउँछ। रिडिवनमा बाजे-बजै बस्ने त्यो घर माटोको भित्ताले बनेको थियो। माथि छाना ढुङ्गाकाे थियो।उहाँ भन्नुहुन्थ्यो-जमीन गरिबको जिन्दगी हो तर जमीनलाई धनीले शक्तिका रूपमा प्रयोग गर्छन्।

बाजे कोही ठूला मानव हुनुहुन्नथ्यो। अत्यन्त मेहनती, हक्की र दृढ इच्छा शक्ति भएको र न्याय बुझेको एक साधारण व्यक्ति हुनुहुन्थ्यो। मेरा लागि उहाँ एक महान हुनहुन्थ्यो। यस्तो बाजे आजको युगमा पाउन असम्भव प्रायः लाग्छ।

अब मैले सम्झनु पर्ने मेराे बेला बखतकाे समय मामा (बाजेकाे माहिला छाेरा) तुलसिँह बिष्ट वा डाक्टर मामा गाँउकाे लागि उहाँ भगवान नै हाे किनकी आफूले पल्टनमा मेडिकल ट्रेनिङ् गर्नु भएकाे रहेछ त्यहि ज्ञान र सीपलाई रिटायर्ड जीन्दगीमा लामाे समय अग्लुङ्गमा फ्री स्वास्थ्य सेवा गर्नु भाे साना तिना अप्रेशन उहाँले गरिदिनु हुन्थ्याे ।

गाँउमा मिल वा पम्सेट जे भने पनि डजेलबाट चल्ने मेसिन गहुँ, मकै, काेदाे र चामल पिस्ने र धान कुट्ने मिल पहिलाे पटक भित्राउनु भाे हाे त्यहि मिल थियाे मामा भाञ्जाकाे दाेस्ति शुरु हुने माध्यम । मलाई लाग्छ उहाँ त डाक्टर मात्र हाेइन मेकानिक्स पनि जब मिल बिग्रन्थ्याे आफै खाेल खाल गरेर बनाउनु हुन्थ्याे । मलाई त केटाकेटी दिमाग भएर हाेकी बिग्रेपछी मिल भित्रका पार्ट पुर्जा हेर्न पाइन्छ भनेर हाेला मिल बिग्रेकाेमा खुसी हुन्थे । दशै तिहारमा सेल राेटी, फिनी राेटी पकाउनकाे लागि मिलमा खुबै भिड लाग्थ्याे र कहिलेकाहिँ त मिल बिग्रेर चामल,गहुँ र पिस्न नपाएर तनाव हुने गर्थ्याे ।

हाम्राे समाजमा बुवा लाहुरे भए छाेरा पनि लाहुरे हुने डाक्टर भए डाक्टर हुने तर याे कुरा मैले आज विश्लेषण गरिराछु बाजे पल्टने भाकाेले मामा पल्टने र मामा डाक्टर भाकाेले हाेला दाजु पनि डाक्टर त्यसैले हाेला मेरा गाँउले एम. डी. डाक्टर राजु बिष्ट गर्भका साथ भन्न पाएकाे छ ।

अहिले म काठमाण्डाैबाट हरेक पटक गाँउघर जाँदा रिडिवन पुगेकाे हुन्छु तर न बाजेलाई न बज्यैलाई र न अब डाक्टर मामालाई पाउँछु मात्र सम्झना र याद मात्र रहेका रहनेछन् ।

गाउँको चिया पसलमा जुलेबी र पकौडाको बासना पाइन छोडेर मःम, चाउमिन र चाउचाउ पाइन लागेकाे छ । मेरो गाउँ विकास भएकाे छ गाउँको मुहार बदलिएको छ । तर गरिबी, बेरोजगारी, विभेद र अन्याय घटेकाे छैन ।

सबैलाई एउटै ध्याउन्न छ-जसरी पनि पैसा कमाउ। पैसा कमाउने होडमा विकासकाे नाउँमा नजिकका बस्तीहरु जाेखिममा पुगेका छन् । घना जंगल पातलिएकाे छ खेतबारी बाझिएका छन्।

सबैका हातमा मोबाइल फोन र ईन्टरनेट पुगेकाे छ तर गाउँलेको अनुहारमा इमान्दारी हराएकाे छ ।

यो कस्तो विकास हो- जहाँ गाउँ गाउँ जस्तो लाग्दैन, शहर शहर जस्तो लाग्दैन। गाउँको आत्मा भनेकै त्यहाँको बासिन्दाको सादगी संस्कृति, सम्पदा, भेषभुषा, चालचलन, वनजंगल, कुवा, पाेखरी, पँधेरा, चाैपारी, कुलकुलेशा, पशुपंक्षी हुन्।

म काठमाण्डाै फर्कनु अघि बाजेसँग त्यहाँ बिताएका पल र स्थानलाई विवित गर्न चाहन्छु ।

तर यो मेरो गाउँ विकसित बन्ने धुनमा न गाउँ रहेकाे छ न शहर नै बन्न सकेकाे छ… अग्लुङ्गकाे याद र कल्पना साथमा लिएर म काठमाण्डाै फर्कन्छु… ✍️✍️✍️

आफ्नो प्रतिक्रिया साझा गर्नुहोस्

कमेन्ट गर्नुहोस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खबरहरु

अरु समाचारहरु

पात्रो

ताजा अपडेट

लग इन