काठमाडौं, नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको निधन भएको छ।शनिबार राती साँढे ९ बजे नेता गिरीको निधन भएको हो । ७५ वर्षका नेता गिरीको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा निधन भएको अस्पताल स्रोतले जनाएको छ।
उनको विगत तीन सातादेखि मेडिसिटीमा उपचार हुँदै आएको थियो। परिवारको आग्रहमा शुक्रबार उनलाई भेन्टिलेटरबाट निकालेर आइसियूमा राखिएको थियो।
नेता गिरी नेपाली कांग्रेसभित्रका बौद्धिक नेताका रुपमा परिचित हुनुहुन्थ्यो। उहाँको क्यान्सर र निमोनियाको जटिलताका कारण उनको निधन भएको हो।
उहाँको पार्थिव शरीरलाई आइतबार विहान ९ बजेदेखि ११ बजेसम्म अस्पताल परिसरमै श्रद्धान्जलीका लागि राखिने बताइएको छ । त्यसपछि विहान साढे ११ देखि २ बजेसम्म पार्टी कार्यालय सानेपामा राख्ने र पशुपति आर्यघाटमा लगेर आइतबारनै अन्त्येष्टि गरिने बताइएको छ।