काठमाडौं, देशभर बिद्युत चुहावट नियन्त्रण तथा विद्युतको खपत बढेपछि नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७८।७९ मा नाफामा बृद्धि गरेको छ । विद्युत प्राधिकरणको नाफा १६ अर्ब नौ करोड रुपियाँ पुगेको बताइएको छ।
नेपाल बिद्युत प्राधिकरणले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय प्रतिवेदन अनुसार यो नाफा गत आवको ६ अर्ब १० करोड रुपियाँको तुलनामा १६४ प्रतिशतले बढी हो।
प्राधिकरणले ठूला उद्योगमा चाहिएजति बिजुली पुर्याउने अभियान शुरु गरेको छ । यो लगायतका कारण गत आवमा ऊर्जा समग्र विद्युत् खपत २७ प्रतिशत बढेको थियो। गत आवको अन्त्यसम्ममा प्रतिव्यक्ति बार्षिक ऊर्जा खपत ३२५ बाट बढाएर ३५० युनिट पुर्याउने लक्ष्य राखिएकामा ३५१ युनिट पुगेको प्राधिकरणले जनाएको छ। यसका साथै विद्युत प्राधिकरण स्वामित्वमा रहेका आयोजनाहरुबाट १६ प्रतिशत बिजुली थप प्राप्त भएकाले पनि नाफा बढेको जनाइएको छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार कुल आम्दानी नै एक खर्ब नाघेको छ।