काठमाडौं, नेपाली राष्ट्रिय क्रिकेट टोली आज केन्या जाने भएको छ । यो टोलीले केन्यामा ५ टी–२० खेलहरु खेल्नेछ भने अन्य ३ वटा एकदिवसीय क्रिकेट म्याच खेल्ने छ । ।
नेपाल क्रिकेट संघ (क्यान) ले जनाए अनुसार नेपाली क्रिकेट टोली आज अपरान्ह ४ बजे केन्याका लागी उड्ने छ । केन्यामा रहँदा नेपाली टोलीले केन्यासँग ५ खेलको टी–२० अन्तर्राष्ट्रिय खेल खेल्नेछ भने अन्य ३ वटा खेलहरु एकदिवसीय हुने संघले जनाएको छ । शुरुका ५ खेलको टी–२० सिरिज आगामी भाद्र ९ गते देखि १४ गते सम्म हुनेछन भने बाँकी ३ वटा खेलहरु एकदिवसीय हुनेछन् जुन भाद्र १७ देखि २० गतेसम्म हुनेछन् ।
यी दुबै सिरिजका खेलहरु केम्याको राजधानी नैरोवी स्थित जीमखाना खेल मैदानमा हुने बताइएको छ। हालैमात्र राष्ट्रिय क्रिकेट टोलीमा नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले केन्यामा हुने यी खेलहरुका लागी औपचारिक रुपमा नेपाली टिम सम्हाल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
यी खेलहरु सन्दीप लामिछानेको कप्तानीमा हुने बताइएको छ ।