कोलम्बो, चरम आर्थिक संकटबाट गुुज्रिरहेको सार्क मुलुक श्रीलङ्काले नयाँ राष्ट्पति पाएको तेश्रो दिन नयाँ प्रधानमन्त्री समेत प्राप्त गरेको छ । शुक्रबार श्रीलंकामा दिनेश गुणवर्धने देशको १५ औं प्रधानमन्त्रीको रुपमा नियुक्त भएका छन्।
नयाँ प्रधानमन्त्री गुणवर्दना ७३ बर्षीय छन् । श्रीलंकाका वरिष्ठ सांसदका रुपमा रहेका गुणवर्धनेलाई नवनियुक्त राष्ट्रपति रनिल विक्रमासिङ्घेले एक कार्यक्रमका बिच शपथ ग्रहण गराएका छन्।
नवनियुक्त प्रधानमन्त्री बनेका गुणवर्धनेले यसअघि देशको गृह र शिक्षामन्त्री भैसकेका छन् । गएको अप्रिल महिनामा मन्त्रिपरिषद्का सदस्यले राजीनामा दिएपछि तत्कालीन राष्ट्रपति गोटाबय राजपाक्षेल नवनियुक्त प्रधानमन्त्री गुणवर्धनेलाई गृहमन्त्रीको जिम्मेवारी दिएका थिए। उनी पूर्व राष्ट्रपति राजपाक्षेका बफादार व्यक्तिका रुपमा पनि चिनिन्छन्।
देशमा नयाँ राष्ट्रपति तथा प्रधानमन्त्री नियुक्त भएसंगै श्रीलंकाली जनताले अब विस्तारै देश एउटा गन्तव्यतिर अगाडी बढ्ने विश्वास लिएका छन् ।