पाल्पा, हिजो विहान १० बजे बाग्लुङ्ग्को बुर्तिबाङ्ग बाट बुटवलका लागि हिडेको लु १ ख५९५२ नम्बरको बस पाल्पाको रिब्दिकोट गाउँपालिका २ लघुवामा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियिो भने दुर्घटनामा परि अन्य १६ जना यात्रुहरु घाइते भएका थिए ।
१६ जना घाइतेको पहिचान खुलिसकेको थियो भने ६ जना मृतको पनि पाल्पा प्रहरीका अनुसार सनाखत भएको छ।
मृत्यु हुनेमा कपिलवस्तुको बाणगङ्गा नगरपालिका – २ का सुरज भन्ने यज्ञबहादुर सोमै , रुपन्देहीको देवदह नगरपालिका – ७ कि ८७ बर्ढिया डिलसरा कामी, नवलपरासी ९पश्चिम० बर्दघाट नगरपालिका – ५ कि २४ बर्षिया पुर्णिमा बिक, बाग्लुङ्ग्को बडिगाड गाउँपालिकाकी अन्दाजी ४५ बर्षिया यमकली थापा, गुल्मीको मुसिकोट नगरपालिका – ७ का ४५ बर्षिय लाल बहादुर राना कुमाल र गुल्मी कै चन्द्रकिट गाउँपालिका ८ झुर्म गाउँका १५ बर्षिय प्रबेश काफ्ले रहेका छ्न ।
उनिहरुको सनाखत भएको पाल्पाका प्रहरी प्रमुख एसपी जनक बहादुर शाहिले बताए । उनका अनुसार जिल्ला अस्पताल पाल्पामा उपचार गराउने घाइते १६ जमामध्ये ८ जना डिस्चार्ज भएका छ्न ।
यस दुर्घटनामा परेका घाइते ८ जनाको उपचार भइरहेको छ । उक्त दुर्घटनामा परि घाइते भएका मध्ये २ जनाको अबस्था गम्भीर रहेको शाहिले बताएका छन् ।