काठमाडौँ , बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी मंसिर ४ गते प्रतिनिधिसभा सदस्य र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले आगामी २०७९ साल मंसिर ४ गते आइतबारका दिन एकैचरणमा प्रतिनिधिसभा सदस्यको र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा गरेको हो । निर्वाचन आयोगले गत महिनानै १२० दिनको निर्वाचन अवधि राखेर कार्यतालिकासहित मंसिर २ गते निर्वाचनको मिति तोक्न सरकार समक्ष सिफारिस गरेको थियो ।
सरकारले १०७ दिनको निर्वाचन अवधि राखेर मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकेको हो ।