गृह

ताजा समाचार

ट्रेन्डिङ

खोज

मंसिर ४ गतेको निर्वाचका लागि आजदेखि दल दर्ता शुरु

काठमाडौं, आगामी मंसिर ४ गते हुन गैरहेको प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचन लागि निर्वाचन आयोगमा आजदेखि दल दर्ता सुरु हुँदै छ । निर्वाचन आयोग स्रोतका अनुसार आजदेखि श्रावण ३१ गतेसम्म दल दर्ता गर्नको लागि समय तोकिएको छ ।

निर्वाचन आयोगमा २०७९ साउन १९ गतेसम्म दर्ता कायम भएका राजनीतिक दलहरुले प्रत्यक्ष तथा समानुपातिक तर्फको निर्वाचनका लागि दर्ता गर्न पाउने छन् । कुनैपनि दलले दल दर्ता गर्नको लागि काठमाडौंको कान्तिपथमा रहेको निर्वाचन आयोगको कार्यालयमा गएर दल दर्ता गर्नुपनेछ ।

दल दर्ता गर्नका लागी राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना भएको मिति, आयोगमा दर्ता भएको मिति, केन्द्रीय कार्यालय रहेको ठेगाना, पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल, वेबसाइट र सामाजिक सन्जालको खाता समेत खुलाउनु पर्ने निर्वाचन आयोगले जनाएको छ ।

आफ्नो प्रतिक्रिया साझा गर्नुहोस्

कमेन्ट गर्नुहोस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खबरहरु

अरु समाचारहरु

पात्रो

ताजा अपडेट

लग इन