नवलपरासी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा नवलपरासीको आयोजना र जय माता दि एम्युजमेन्ट एन्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको मेला व्यवस्थापनमा दोस्रो लोक सांस्कृतिक एवं पर्यटन महोत्सव२०७९ भएको छ ।
असार २३ गते देखी सुरु भएको दोस्रो लोक सांस्कृतिक एवं पर्यटन महोत्सव २०७९ को एघारौं दिन अर्थात आइतबार चर्चित र्यापर मिस्टर डि, गायक भुपराज न्यौपाने, डिजे विक्की र सोनि डान्स गुरुपको डान्स सहित स्थानीय कलाकारको बेजोड प्रस्तुति रहेको थियो ।
यस्तै बार्हौ दिन अर्थात सोमबार चर्चित गायक पशुपति शर्मा, गायिका संगीता चितौरे,गायक तिर्थ सापकोटा,डान्सर तथा मोडल अस्मिता कार्कि र सोनि डान्स गुरुपको डान्स सहित स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने छ।
यो मेला राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा नवलपरासीको आयोजना र जय माता दि एम्युजमेन्ट एन्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको मेला व्यवस्थापनमा संचालन भएको मेला दिउसो २ बजे देखि रातिको १० बजे सम्म सुनवल नगरपालिका वडा नं. १३ स्थित सुरन्दरबस्तीको बडेरा चौरमा चल्ने जय माता दी एम्युजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा. ली का प्रबन्ध निदेशक राजविर जैसवालले बताए ।