काठमाडौं, तिजको महिना अब प्रत्येक दिन विभिन्न तिज गितहरु बजारमा आउने बेला हो भने कति गित संगीतहरु बजारमा आइसकेका छन् । यस्तै कति गितसंगीत आउने क्रममा छन् । तिज आऊन करिव डेढ महिना बाकि छ, तर बजारमा तिजको रौनक सुरु भईसकेको छ, बजारमा तिज लक्षित गितहरु आऊन थालिसकेका छन् । यसैबीच लोकप्रिय गायिका सुनितामी परियारको आवाजमा तिज गित ‘पिया राजा’ डिजिटल बजारमा सार्वजनिक भएको छ ।
पछिलो समयकि लोकप्रिय गायिका सुनितामी परियारको आवाजमा सजिएको उक्त गितमा गितकार तेजु सुनामिको उत्कृष्ट शब्द सृर्जना रहेको छ। उक्त गीतमा सुनितामी परियारको नै लय शिर्जना रहेको छ । यस्तै उक्त गितमा संगीत संयोजन कृष्ण वि.क भन्जाको रहेको छ।तिजको मौलिकता संगै विषयबस्तु झल्काईएको उक्त गीतको अडियो र भिडियो दुवै उत्कृष्ट बनेको निर्माण पक्षको दावी छ ।
मौसम हिमालिको निर्देशन एवम् प्रविन भट्टको रङ्ग संयोजनमा तयार भएको उक्त गितको म्युजिक भिडियोमा अञ्जली अधिकारि, सुनितामी परियार,तेजु सुनामको अभिनय संगै डान्सिंग फिचर रहेको छ ।
बिपि फिल्मस नेपालको पोष्ट प्रोडक्सनमा अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई नवराज उप्रेतिले छांयाकन एवम् सम्पादन गरेका छन् । गित SUNITAMI PARIYAR अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको छ ।
गितले सबैको मन जितोस् इनेपाल पोष्टडटकमको तर्फबाट शुभकामना ।
हेर्नुहोस् गितको म्युजिक भिडियो :