काठमाडौं, आज दिउसो प्रतिनिधिसभाको बैठक बस्ने भएको छ। उक्त बैठक आज दिउँसो १ बजे बस्न लागेको बताइएको छ।
आजको बैठकमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७९ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई सभामुखले निर्णायार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको कुरा सांसद सचिवालयले जनाएको छ।
यसका साथै उक्त बैठकमा तथ्याङ्क विधेयक, काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७८ छलफलका लागि प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको बताइएको छ।