गृह

ताजा समाचार

ट्रेन्डिङ

खोज

थाइल्याण्डको पबमा आगलागी, १३ जनाको मृत्यु

बैंकक, पूर्वी थाइल्इाण्डको एक पबमा शुक्रबार भिषण आगलागी भएको छ । उक्त आगलागीमा परी १३ जनाको मृत्यु भएको थाइल्याण्डको सञ्चार माध्ययमहरुले जनाएका छन । उक्त घटनामा परि दजर्नौ मानिसहरु घाइते भएका छन् ।

सोसियल मिडियामा प्रसारित भिडियोमा पबको प्रवेशद्धारबाट मानिसहरु बाहिर भागिरहेका देखिएका छन् । उक्त भिडियोमा प्रवेशद्धारलाई अचानक आगोको ज्वालाले घेरेको देखिएको छ । जहाँबाट मानिसहरु बाहिर निस्कँदै गर्दा कपडाहरु जलेको देखिएको छ ।

उद्धारकर्मीहरुले जनाए अनुसार आगलागीमा परि कम्तीमा तीन दर्जन मानिसहरु घाइते भएका छन् । प्रान्तिय प्रहरी प्रमुख मेजर जनरल अत्थासित खिज्जाहनले समाचार च्यानल पिपिटिभीलाई बताए अनुसार यो आगलागी बैंककबाट १६० किलोमिटर दक्षिण पूर्वी भागमा रहेको चोनबुरी प्रन्तको सत्ताहिप जिल्लाको माउन्टेन बि पबमा भएको हो । आगलागी के कारणले भएको हो, सोको जाँच जारी रहेको बताइएको छ ।

अधिकारीहरुका अनुसार केही प्रत्यक्षदशीहरुले बिस्फोटनको आवज आएको केही समयपछि मञ्च नजिकैको छतबाट आगोलागी शुरु भएको हो ।
आगलागीपछि पुगेका दमकलकर्मीहरुले करिब २ घण्टा लगाएर आगलागीलाई नियन्त्रणमा लिएका थिए ।

आफ्नो प्रतिक्रिया साझा गर्नुहोस्

कमेन्ट गर्नुहोस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खबरहरु

अरु समाचारहरु

पात्रो

ताजा अपडेट

लग इन